Trending :
 

एनआईसी एशिया लघुवित्तले पुस ६ गते छैटौं वार्षिक साधारण सभा गर्ने

मंसिर १०,२०८०

-आस्था न्युज

मंसिर १०, २०८० काठमाडौं ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आगामी पुस ६ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ ।
 
गत मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गोर्खा होटल, धरान, सुनसरीमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । 
 
साभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रादान गर्नेछ । 
 
गत कात्तिक १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले करसमेत गरेर १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 
 
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रूपैयाँ रहेको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १४।७५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो ।