Trending :
 

बानेश्वरमा भागवत् सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव २०८० आजदेखि सुरू

मंसिर ११,२०८०

-आस्था न्युज

मंसिर ११, २०८० काठमाडौं ।
भागवत् सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव २०८० आजदेखि सुरु भएको छ । 
 
सोमबार जेष्ठ नागरिक समाज सुधार केन्द्रको आयोजनामा काठमाडौंको बानेश्वरस्थित छक्कु मक्कु भगवती मन्दिरमा महोत्सव सुरु भएको हो । 
 
महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 
 
जेष्ठ नागरिक समाज सुधार केन्द्रका अध्यक्ष पवनकुमार पौडेलले भगवान प्रतिको आस्था जोगाइराख्ने उद्देश्यले सप्ताह ज्ञान महायज्ञको आयोजना गरेको जानकारी दिए । 
 
उनले भने, ‘यसको उद्देश्य हाम्रा जेष्ठ नागरिकहरु भेला भएर बस्ने, गफगाफ गर्ने, भजन सुन्ने र दुःख सुखका कुराहरु आदानप्रदान गर्ने सेवाजस्तै हामीलाई भगवानको आवश्यक पर्यो । भगवान प्रतिको आस्था जोगाइराख्ने उद्देश्यले हामीले यो सप्ताह ज्ञान महायज्ञको आयोजना गरेका हौं ।’
 
महोत्सवबाट संकलित पैसाले जेष्ठ नागरिकहरु बस्ने भवन बनाउने योजना रहेको पौडेलले बताए ।