Trending :
 

नबील बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति

मंसिर ११,२०८०

-आस्था न्युज

मंसिर ११, २०८० काठमाडौं ।
नबील बैंकले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
 
कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ दरले  ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो ।
 
कुल ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी १८ लाख इकाई कम्पनीले आफै विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ 
 
कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।