सानिमा रिलायन्सका एजेन्सी म्यानेजरद्वारा खेलाडीलाई जीवन बीमा उपहार
-आस्था न्युज
मंसिर ११, २०८० काठमाडौं ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर बोधदीप तिमल्सिनाले मायाको चिनो स्वरुप खेलाडीलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् ।
यसैबीच बाराको निजगढ नगरपालिका ६ स्थायी घर भएका उक्त कम्पनीका एजेन्सी म्यानजेरसमेत रहेका तिमिल्सिनाले सोही क्षेत्रकै बासिन्दा कृष्ण प्रसाद चौलागाईलाई सावधिक जीवन बीमा उपहार दिएका हुन् ।
नमोबुद्ध आधुनिक युवाक्लबद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको अवसर पारेर उनले आयोजक टिमकै खेलाडी चौलागाईलाई २ लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिएका हुन् ।खेलप्रति लगाव भएका चौलागाईलाई खेल क्षेत्रमा अझ सहजता होस् भन्ने हेतुले बीमा पोलिसी उपहार दिएको उनले बताए ।
‘पारिवारिक अवस्था न्यून भएको र खेलमा समेत अभिरुचि राख्ने भएको हुँदा खेल क्षेत्रलाई निरन्तरता दिइयोस् भन्ने उद्देश्यले आफूले बीमा पोलिसी उपहार दिएको उनले बताए ।