Trending :
 

लोकतान्त्रिक आन्दोलनका योध्दा पूर्णानन्द शर्माको निधनबाट कांग्रेस सभापति देउवा दुःखी

मंसिर १२,२०८०

-आस्था न्युज

मंसिर १२ , २०८० काठमाडौं । 
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले झापाका पूर्व जिल्ला सभापति एवं नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्णानन्द शर्माको निधनमा दुःख व्यक्त गरेका छन् । 
 
देउवाले त्याग, समर्पण र निष्ठाका एक अग्रज र प्रेरणादायी व्यक्तित्व एवं लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धाको निधनले दुखित तुल्याएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।
 
शर्माको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचारका क्रममा सोमबार अपरान्ह ४ः३० बजे निधन भएको थियो । शर्माको कनकाई माईमा आज दाहसंस्कार गरिने पौडेलले जानकारी दिएका छन् । 
 
बिपी कोइरालाको अनुयायी शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक गरी ६ वर्ष जेल र केही वर्ष निर्वासनमा बसेका थिए । 
 
वि.सं. २०१२ सालमा नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा होमिएका शर्मा पार्टी प्रतिवन्धितकालमा वि.सं. २०३९ देखि २०४२ सम्म झापाको सभापति रहेका थिए ।