Trending :
 

सांसद महेशकुमार महराको धनमाल चोरी

मंसिर १२,२०८०

-आस्था न्युज

मंसिर १२, २०८० काठमाडौं ।
काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । 
 
आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उहाँकी पत्नीले पसलअगाडि राख्नुभएको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिनुभयो । 
 
“पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो”, उहाँले भन्नुभयो । उक्त घटनाका बारेमा प्रहरीले सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।