Trending :
 

भारतको एक सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार

मंसिर १३,२०८०

-आस्था न्युज

मंसिर १३, २०८० काठमाडौं ।
भारतको उत्तरकाशीको सिल्कियारा सुरुङमा फेसका ४१ जना कामदारलाई सुरक्षितरुपमा बाहिर निकिलिएको छ । उनीहरुलाई मंगलबार भारतीय समय अनुसार राति साढे ७ बजे बाहिर निकाल्ने प्रक्रिया सुरु भएको थियो । 
 
१७ दिनसम्म सुरुङमा फसेका उनीहरुलाई बाहिर निकाल्न साढे २ घण्टाको समय लागेको थियो । सुरुङबाट निस्किएका सबै कामदारहरुलाई मुख्यमन्त्री पुष्कर सिंह धामीले माला लगाएर स्वागत गरेका थिए । त्यसपछि मुख्यमन्त्री धामीले लामो समय उनीहरुसँग कुराकानी गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । 
 
सुरुङबाट बाहिर आएका मजदुरलाई तैनाथ एम्बुलेन्समार्फत चिन्यालीसौर सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । उनीहरुको उपचारका लागि त्यहाँ ४१ शैयाको छुट्टै वार्ड बनाइएको छ । स्वास्थ्यकर्मीको टोलीले श्रमिकको स्वास्थ्य परीक्षण गरिरहेको छ । सुरुङबाहिर पर्खिरहेका मजदुरका परिवारले सबै बाहिर निस्किए पछि त्यहाँ उपस्थित सैनिक र जनतालाई मिठाई बाँडिएको थियो ।
 
१७ दिनसम्म चलेको उद्दार अभियानमा ड्रिल मेसिन धेरै पटक बिग्रिएका कारण उनीहरुको उद्दारमा ढिलाई भएको थियो ।