Trending :
 

लोकतान्त्रिक खेलकुद संघले भन्यो- ‘राखेप चुस्त दुरुस्त भएन’

मंसिर १३,२०८०

-आस्था न्युज

मंसिर १३, २०८० काठमाडौं ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले राखेपको कार्यशैली प्रति प्रश्न उठाएको छ । 
 
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको बैठकले राखेपको काम चुस्त दुरुस्त पार्नका लागि पटक पटक ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको भन्दै पुनः युवा तथा खेलकुदमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको हो ।
 
संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा बसेको बैठकले अब पनि छलफलबाट समस्या समाधान नभए सशक्त प्रतिकार गर्ने निर्णय गरेको जानकारी दिए ।
 
यसैगरी बैठकले संघको अधिवेशन सम्बन्धमा प्रदेश र केन्द्रीय तहमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । 
 
संघको कार्यलाई चुस्तदुरुस्त बनाउनका लागि कार्यसम्पादन समिति गठन गर्ने तथा संघको केन्द्रीय कार्यालय स्थापना गर्ने निर्णय पनि गरिएको महासचिव सुवोध प्रधानले जानकारी दिए ।
 
यो सँगै संघको आयोजनामा मैयादेवी यू १९ क्रिकेट प्रतियोगिता पुष २२ गतेदेखि सञ्चालन गर्ने,गणेशमान स्मृति चे प्रतियोगिता चैत २० गतेदेखि गर्ने लगायतको निणर्य बैठकले गरेको छ ।