Trending :
 

मन्त्रिपरिषद्को बैठक जारी

मंसिर १३,२०८०

-आस्था न्युज

मंसिर १३, २०८० काठमाडौं ।
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।
 
नियमित रुपमा हिजो नै बस्नुपर्ने बैठक आज बिहान केही ढिलो गरी बसेको  छ । 
 
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठक दाहालको युएई भ्रमणमा केन्द्रीत हुने छ । 
 
प्रधानमन्त्री पुष्पकमल दाहाल यूएई जानुअघि मन्त्रिपरिषदको बैठक आज बसेको हो । 
 
प्रधानमन्त्री दाहाल नेतृत्वको टोली जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औँ सम्मेलन (कोप-२८) मा भाग लिन बुधबार राति यूएई जाने कार्यतालिका रहेको छन् ।