Trending :
 

अपडेटः धरानबाट पोखरा जाँदै गरेको बस दुर्घटनामा २ को मृत्यु ३४ घाईते

मंसिर १३,२०८०

-आस्था न्युज

मंसिर १३, २०८० काठमाडौं ।
पृथ्वीराजमार्गको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा पर्दा अरु ३४ यात्रु घाईते भएका छन् ।
 
जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार बसमा यात्रा गरिरहेका ३६ जना मध्ये मृत्यु भएका २ जनाको सनाखत हुन सकेको छैन । ३४ जना घाईतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि उनीहरुलाई पोखरा पठाइएको प्रशासनले जनाएको छ ।
 
धरानबाट पोखरातर्फ जाँदैगरेको ग१ख ७८९५ नम्बरको बस अनियन्त्रित भएर सडकबाट खसेको थियो । दुर्घटनामा घाइते भएका अरु यात्रुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार गरिँदै छ । नेपाल न्यूज बैंक