Trending :
 

भूकम्प प्रभावित रुकुम र जाजरकोटमा अस्थायी आवास बनाउन सेना र प्रहरी परिचालन गरिने

मंसिर १३,२०८०

-आस्था न्युज

मंसिर १३, २०८० काठमाडौं ।
सरकारले गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी घर, टहरा निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने भएको छ । 
 
बुधबार बसेको मन्त्रपिरिषद् बैठकले भूकम्पबाट क्षतिग्रस्त क्षेत्रहरुमा अस्थायी आवास निर्माणका लागि सुरक्षा समितिको सिफारिसमा सेना र प्रहरी परिचलान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 
 
गत कात्तिक १७ गते जाजरकोटकोटको रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पले ठुलो धनजनको क्षति गरेको थियो । 
 
भूकम्पमा परि १५४ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए ।