Trending :
 

रूस-युक्रेन युद्धमा मारिएका इलामका गंगाराजको शव ल्याइदिन परिवारको आग्रह

मंसिर १३,२०८०

-आस्था न्युज

मंसिर १३, २०८० काठमाडौं ।
रुस-युक्रेन युद्धमा ज्यान गुमाएका इलामका गंगाराज मोक्तानको शव घर ल्याइदिन परिवारले आग्रह गरेको छ ।
 
गंगाराजकी पत्नी याङकिला शेर्पाले पतिको शव घर ल्याउने पहल गरिदिने आग्रह गरेकी हुन् ।
 
गंगाराजको घरमा उनकी पत्नी, सात वर्षकी छोरी, बुबा, आमा, दुुई दाजु र भाउजू छन् ।
 
इलाम नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष गोपाल चौहानले गंगाराजको शव घर ल्याउनका लागि पहल थालिएको बताएका छन् ।
 
परिवारका अनुसार इलाम नगरपालिका-९ का गंगाराज दुई महिनाअघि रुसी सेनामा भर्ती भएका थिए ।
 
मोक्तानसहित उनको मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । मोक्तानसहित मृत्यु हुनेमा दोलखाका राजकुमार रोका, गोरखाका सन्दीप थपलिया र स्याङ्जाका प्रितम कार्की छन् ।
 
मोक्तानको १५ जुलाई २०२३ मा मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । रुसी सेनाका अधिकारीबाट टेलिग्राममार्फत् उनको ‘मेडिकल डेथ सर्टिफिकेट’ पाएको दूतावासले जनाएको छ । 
 
गंगाराज रोजगारीका लागि तीन वर्षअघि दुबई गएका थिए । त्यहीँबाट उनी रुसी सेनामा भर्ना भएर गएको जनाइएको छ । नेपाल न्यूज बैंकबाट