Trending :
 

यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर

मंसिर १४,२०८०

-आस्था न्युज

मंसिर १४, २०८० काठमाडौं ।
मंसिर १४ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । 
 
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा पुगेको छ ।
 
त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा रहेको छ । 
 
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६७ पैसा र बिक्री दर १६९ रुपैयाँ ४३ पैसा पुगेको  छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।