सुरु भयो एमालेको संकल्प यात्रा
-आस्था न्युज
मंसिर १४, २०८० काठमाडौं ।
नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रा सुरु भएको छ ।
यात्राको एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर उद्घाटन गरे ।
यात्रामा एमालेका केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष, केन्द्रिय कमिटिका सदस्य, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य लगायतका हजारौं प्रतिनिधिहरु सामेल छन् ।
झुलाघाटबाट हिँडेको यात्रा बिहिबार दिउँसो बैतडी गोठलापनी बजार पुग्ने बताइएको छ । गोठलापानीमा आयोजना हुने आमसभालाई अध्यक्ष ओलीले सम्भोधन गर्ने कार्यसूची रहेको छ ।
एमालेले आज डडेलधुरासम्म यात्रा गर्ने एमाले बैतडीले जनाएको छ । देशको अधिकांश भू-भाग ओगटेको मध्यपहाडी क्षेत्रमा गरिने यो यात्राले राष्ट्रिय स्तरमा संमृद्धिको सन्देश प्रवाह गर्ने एमालेको दाबी छ ।