Trending :
 

५ जना जुवाडे पक्राउ

मंसिर १४,२०८०

-आस्था न्युज

मंसिर १४, २०८० काठमाडौं ।
कास्कीबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई पक्राउ गरेको छ । 
 
पोखरा महानगरपालिका-९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित ५ जनालाई बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । 
 
लामाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खान तलासी गर्दा उनीहरुलाई नगद २९ हजार ३ सय ४० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप ाआवश्यक अनुसन्धान गरिरहेको छ ।