Trending :
 

बाजुरामा जीप दुर्घटनामा एकको मृत्यु

मंसिर १४,२०८०

-आस्था न्युज

मंसिर १४, २०८० काठमाडौं ।
बाजुराको पूर्वी-उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । 
 
मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका-९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिनुभयो । 
 
उहाँका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु१ज ४८२९ नंको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको थियो । सो दुर्घटनामा घाइते हुनेमा गौमुल गाउँपालिका-३ का अन्दाजी १९ वर्षीय वसन्त धामी रहेको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो । सो जीपमा चालकसहित चार जना सवार रहेका बताइएको छ ।  
 
जीपका चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । जीपचालक खत्याड-९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।