Trending :
 

हात्तीको आक्रमणबाट युवकको मृत्यु

मंसिर १४,२०८०

-आस्था न्युज

मंसिर १४, २०८० काठमाडौं ।
सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणमा परी एकजना युवकको मृत्यु भएको छ ।
 
इटहरी उपमहानगरपालिका-२ शान्तिझोडामा जंगली हात्तीको आक्रमणबाट स्थानीय २५ वर्षीय रबिन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
घर नजिकै जंगली हात्ती घुमिरहेको देखिएपछि स्थानीय बासिन्दा धपाउन भेला भएका थिए ।
 
प्रहरीका अनुसार त्यही क्रममा खड्का पनि सहभागी भएका थिए । भगाउने क्रममा उनलाई हात्तीले कुल्चिएको थियो । 
 
मृतक खड्काको शव परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।