संस्थागत सुधारको माग राख्दै रेडियो नेपालमा आन्दोलन घोषणा
-आस्था न्युज
मंसिर १४, २०८० काठमाडौं ।
सरकारी मिडियाको रूपमा रहेको रेडियो नेपालमा ३५ बुँदे माग राख्दै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र प्रेस सेन्टर नेपाल, रेडियो नेपाल शाखाले आन्दोलन सुरु गर्ने भएका छन् ।
रेडियो नेपालको संस्थागत सुधारका विषयमा व्यवस्थापनविरुद्ध नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपाल र प्रेस सेन्टर नेपाल रेडियो नेपाल आन्दोलित भएको हो ।
दुई सङ्गठनले तारणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम निर्माण सम्पन्न भई नसक्दै भवन चुहिन थालेको, अनियमित ढङ्गले एसी जडान गरिएको, कमिसनका लोभमा कम्प्युटर, फर्निचर लगायतका सामग्री खरिद गरी थन्क्याइएको र यसका नाममा काज र बैठक भत्ता लिएर साधन स्रोतको दुरुपयोग भइरहेकाले यसको सत्य तथ्य बाहिर ल्याउन तत्काल छानबिन कमिटी बनाउन माग गरेका छन् ।
प्रभावकारिता अध्ययन र आर्थिक लागत अनुमान विना कमिसनका लागि अनावश्यक सेवा र सामग्री खरिद गर्ने ९सेटे लाइट चल्दैन भन्ने हुँदाहुँदै० सामग्री ल्याएर थन्क्याएको, खर्च नियन्त्रण गर्न र तीन तीन महिनामा खर्चको विवरण सार्वजनिक गर्न माग गरिएको छ ।