घट्यो डिजेल-पेट्रोलको मूल्य, प्रतिलिटर कतिमा हुदैछ कारोबार ?
-
मंसिर १५, २०८० काठमाडौं ।
नेपाल आयल निगमले बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा प्रति लिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रूपैयाँ मूल्य घटाएको हो ।
निगमले एलपी ग्यासको मूल्य भने घटाएको छैन । एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८ सय ९५ रूपैयाँ नै कायम रहेको छ ।
अब काठमाडौँ, पोखरा र दिपायल डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १ सय ७० रूपैयाँ तिर्नुपर्ने छ ।
त्यस्तै, विराटनगर, जनकपुर, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १ सय ६७ रूपैयाँ ५० पैसा मूल्य पर्नेछ ।