Trending :
 

रुस र फिनल्याण्डबीच किन बढ्दैछ सीमा तनाव ?

मंसिर १५,२०८०

-आस्था न्युज

मंसिर १५, २०८० काठमाडौं ।
पछिल्लो समय रुस र फिनल्याण्डबीचको सीमा विवाद थप पेचिलो हुँदै गएको छ । 
 
रुसले आफ्नो सीमातर्फ शरणार्थी पठाएको आरोप फिनल्याण्डले लगाएको छ । यसैलाई मध्यनजर गर्दै बुधबार राजा जोसेपीको उत्तरी नाका दुई साताका लागि बन्द गरेको छ । 
 
फिनल्याण्डले आफू रुसको ‘हाइब्रिड अपरेसन’ को सिकार भएको बताएको छ ।
 
यो महिना मात्र रुसबाट करिब ९ सय शरणार्थी सीमा पार गरी फिनल्याण्ड प्रवेश गरेका छन् । यो संख्या अहिलेसम्मकै धेरै हो । 
 
यस वर्षको अगस्टसम्म रुसले कुनै पनि विदेशी नागरिकलाई आवश्यक भिसाविना आउन अनुमति नदिए पनि अहिले त्यस्तो हुन नसकेको सीमामा तैनाथ सुरक्षाकर्मीहरु बताउँछन् । 
 
फिनल्याण्डको रूससँगको सीमा एक हजार तीन सय ४० किलोमिटर  छ । फिनल्याण्डले शरणार्थीलाई उत्तरी क्षेत्रमा प्रवेश निषेध गर्नुअघि दक्षिण–पूर्वी सीमामा सात नाका समेत बन्द गरेको थियो । 
 
यद्यपि, रेलवेलाइन मालवाहक ट्रेनहरूको लागि खुला रहने जनाएको छ । फिनल्याण्डका आन्तरिक मन्त्री मारी रेन्टानेनले यसलाई राष्ट्रिय सुरक्षाको विषय भएको बताएका छन् । नेपाल न्यूज बैंकबाट