Trending :
 

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो, चाँदीको बढ्यो

मंसिर १५,२०८०

-आस्था न्युज

मंसिर १५, २०८० काठमाडौं ।
साताको अन्तिम दिन आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।
 
छापावाला सुन आज तोलामा एक लाख १९ हजार रुपैयाँमा कारेबार भइरहेको छ । 
 
त्यस्तै,  तेजावी सुनको मूल्य एक लाख १८ हजार ४ सय ५० कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 
सुनको मूल्य घट्दा चाँदीको मूल्य भने आज २० रुपैयाँले बढेको छ । बढेको मूल्य अनुसार चाँदी आज एक हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।