Trending :
 

श्री एयरलाइन्सद्वारा आजदेखि काठमाडौँ-सुर्खेत नियमित उडान सुरु

मंसिर १५,२०८०

-आस्था न्युज

मंसिर १५, २०८० काठमाडौं ।
 
निजी हवाई सेवा कम्पनीले श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौँ–सुर्खेत नियमित उडान सुरु गरेको छ । एयरलाइन्सको क्यू ४००-८ जहाजले ७१ जना प्यासेन्जरसहित काठमाडौँबाट सुर्खेत पहिलो उडान भरेर नियमित उडानको सुरुवात गरेको हो । 
एयरलाइन्सको बिहान ७ः१५ उडान तालिका रहे पनि सुर्खेतको मौसमका कारण ढिला गरी १०ः२५ मा मात्र जहाज उडेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । 
No description available.
लगत्तै उता सुर्खेतबाट जहाज ६४ जना यात्रु बोकेर ११ बजे काठमाडौँ उडेको थियो । जहाज ११ः४६ मा त्रिभुवन विमानस्थल अवतरण गरेको प्रवक्ता मानन्धरको भनाइ छ । 
 
श्री एयरलाइन्सले लामो परीक्षण पश्चात् गत हप्ता नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट काठमाडौँ-सुर्खेत उडानको अनुमति पाएको थियो । योसँगै एयरलाइन्सले अब दैनिक रूपमा काठमाडौँ-सुर्खेत उडान भर्ने जनाएको छ । 
 
यसले कर्णाली प्रदेशको यातायात सुविधामा थप सहजता प्रदान गर्ने कम्पनीले बताएको छ । 
 
No description available.