राष्ट्रियसभा सदस्य निर्वाचनः मंसिर २४ देखि दल दर्ता
-आस्था न्युज
मंसिर १५, २०८० काठमाडौं ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ ।
आयोगको स्वीकृत तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको हो ।
राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको हो ।
आयोगका अनुसार १ पुसमा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने छ भने १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ ।
त्यस्तै २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको तयारी छ ।