Trending :
 

नक्कली भुटानी शरणार्थीः खाणबारे आदेश भएन, टोपबहादुर सहित ८ जनालाई थुनामै राख्ने आदेश सदर

मंसिर १५,२०८०

-आस्था न्युज

मंसिर १५, २०८० काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्ध परेको पुनरावेदनमा उच्च अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै रहने आदेश दिएको छ । 
 
शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएपछि हाललाई उनीहरु थुनामै रहने भएको प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिएका हुन् । 
 
अब अर्का न्यायाधीशको इजलासमा सुनुवाइ भएपछि उनको रायअनुसार थुनामा राख्ने वा छाड्ने निर्णय हुने उनले जानकारी दिए । 
 
उनका अनुसार पूर्वगृहमन्त्री खाणलाई २० लाख धरौटीमा छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।
 
अब तेस्रो न्यायाधीशको एकल इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठिक भन्ने आदेश गरेपछि खाणको हकमा टुंगो लाग्ने छ ।
 
यस्तै, टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।