Trending :
 

करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु, ३ घाइते

मंसिर १५,२०८०

-आस्था न्युज

मंसिर १५, २०८० काठमाडौं ।
करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा इलाममा एकजना युवकको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
 
इलामको सन्दकपुर गाउँपालिका-१ मा रहेको छागी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय २४ वर्षीय सरोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । 
 
त्यस क्रममा २५ वर्षीय विनोद राई, १९ वर्षीय सुदिप राई र २८ वर्षीय मनोज राई घाइते भएका छन् ।
 
उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
 
यसैबीच, पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ मा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचिएर स्थानीय २४ वर्षीय विश्वराजा चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।