Trending :
 

जेसिज र श्रृजना ज्ञान सागर रेडियन्ट कपको सेमिफाइनलमा

मंसिर १६,२०८०

-आस्था न्युज

मंसिर १६, २०८० काठमाडौं ।
जेसिज र श्रृजना ज्ञान सागर नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । 
 
शुक्रबार सम्पन्न खेलमा जेसिज सिनियर गल्र्स तथा श्रृजना ज्ञान सागर जुनियर ब्वाइजमा सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । 
 
सिनियर गल्र्समा जेसिजले केभीएसलाई २२-१७ ले पराजित ग¥यो । जेसिजको जितमा विप्रिशा श्रेष्ठले २० अंक योगदान गरिन् । विश्वास घलेको ९ अंक सहयोगमा श्रृजना ज्ञान सागरले पिपुल्स एकेडेमीलाई २१–१३ ले हरायो ।
 
सिनियर गल्र्समा स्वर्णिमले एलआरआईलाई १२-३ तथा रिब्सले द एक्सेल्सियर स्कुललाई १९-१२ ले पाखा लगाए । स्वर्णिमकी हिसी लामाले ६ तथा रिब्सकी खुशी अधिकारीले ८ स्कोर गरे  ।
 
सिनियर ब्वाइजमा आयोजक रेडियन्ट पब्लिकले सेबलाई ४०-३० ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 
 
रेडियन्टका रोहित चौधरीले २० अंक जोडे । जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले ओरेकल रेमाथि १८-९ को जित दर्ता ग¥यो । इबीएका आदित्य श्रेष्ठले १२ अंक जोडे ।