Trending :
 

शनिबार राति प्रिमियर लिगमा के भयो?

मंसिर १७,२०८०

-आस्था न्युज

मंसिर १७, २०८० काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा न्यूक्यासलले म्यानचेस्टरमाथि १–० गोल अन्तरको जित दर्ता गरेको हो ।
 
 घरेलु मैदानमा न्यूक्यासललाई जिताउनका लागि एन्थोनी गोडोनले ५५ औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । जितसँगै न्यूक्यासल तालिकाको ५ औं स्थानमा उक्लिएको छ । न्यूक्यासलले १४ खेलबाट २६ अंक बनाएको छ । पराजित भएको म्यानचेस्टर युनाइटेडको समानखेलबाट २४ अंक रहित तालिकाको सातौं स्थानमा झरेको छ ।
 
प्रिमियर लिगमा एभर्टनले नटिङघम फरेस्टलाई १–० गोल अन्तरले पराजित गरेको छ । डिओट म्याकनेलले ६७ औं मिनेटमा गरेको गोलले नै एभर्टनलाई जितायो ।  एभर्टन तालिकाको १८ औं स्थानमा रहँदा नटिङघम फरेस्ट १५ औं स्थानमा छ । 
 
यस्तै पुछारमा रहेका दुई टिम बर्नलेले सेफिल्ड युनाइटेडमाथि ५–० को फराकिलो जित दर्ता गरेको छ । बर्नले १९औं तथा सेफिल्ड २० औं स्थानमा रहेका छन् । प्रिमियर लिगमा ब्रेन्टफोर्डले लुटन टाउनमाथि ३-१ गोलको जित दर्ता गरेको छ । जितसँगै ब्रेन्टफोड १९ अंकका साथ १० औं तथा पराजित भएको लुटन भने ९ अंकका साथ १७ औं स्थानमा छ ।
 
यसैगरी आर्सनलले वुल्भ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । आर्सनको १४ खेलबाट ३३ अंक रहँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १३ खेलबाट २९ अंक रहेको छ । पराजित भएको वुल्भ्स १३ औं स्थानमा रहेको छ ।