Trending :
 

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, प्यासिफिक सुनामी अउने चेतावनी

मंसिर १७,२०८०

-आस्था न्युज

मंसिर १७, २०८० काठमाडौं ।
फिलिपिन्समा शनिबार राति ७.६ रेक्टर स्केटको शक्तिशाली भूकम्प गएको छ । 
 
फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको तटीय क्षेत्रमा राति १० बजेर ३७ मिनेटमा भूकम्प गएको बताइएको छ । 
 
यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्प २० माइलको गहिराइमा गएको थियो । 
 
भूकम्पछि स्थानियले खालि चौर र सडकमा रात बिताएका थिए । भूकम्पपछि त्यहाँ प्यासिफिक सुनामी अउने चेतावनी दिएको छ । केन्द्रले सुरुमा सुनामीका छालहरू दक्षिणी फिलिपिन्स, इन्डोनेसिया, पलाउ र मलेसियाका केही भागहरूमा पुग्ने अपेक्षा गरेको थियो तर, पछि सुनामीको खतरा सुरुमा डराएको जस्तो गम्भीर नभएको घोषणा गरेको छ । 
 
फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानका प्रमुख टेरेसितो बाकोलकोलले दक्षिणी सुरिगाओ डेल सुर र डाभाओ ओरिएन्टल प्रान्तका तटीय क्षेत्रका बासिन्दाहरूलाई तुरुन्तै उच्च भूमिमा जान वा भित्री भूमिमा जान सल्लाह दिएका छन् । 
भूकम्पले के कति भौतिक तथा मानवीय क्षति गर्यो सो बारे थप विवरण आउन बाँकी छ ।