Trending :
 

पावरब्यांक पड्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थभित्र आगलागी

मंसिर १७,२०८०

-आस्था न्युज

मंसिर १७, २०८० काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुले बोकेको ह्याण्डब्यागमा पावरब्यांक पड्किएर आगो लागेको छ । बिहान साढे ११ बजेको उडानमार्फत ति यात्रु चीन जान लागेका थिए ।
 
विमानस्थलमा बोर्डिङ पास लिएर विमानमा चढ्ने प्रतिक्षामा रहेका चिनियाँ यात्रुले झोलामा राखेको पावरब्यांकमा चाज गरेरै आइप्याड चलाइरहेको बेला पावरब्यांक पड्किएर झोलामा आगो लागेको थियो ।
 
एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुले बोकेको ह्याण्डब्यागमा आगो लागेपछि गागो तत्काल निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए ।
 
उनका अनुसार ती यात्रुले ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए । सो घटनापछि ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।
 
ती यात्रु र विमानस्थलमा कुनै क्षति भएको छैन् । अवस्था सामान्य रहेको छ ।
 
विमानमा चढ्दा पावरब्यांक लगेजमा राख्न दिइँदैन । ह्याण्ड ब्यागमा राख्न भने पाइन्छ ।