Trending :
 

महानगरका अपांग व्यक्तिलाई सम्पदा क्षेत्र घुमाएर मनाईयो अपांगता दिवस

मंसिर १७,२०८०

-आस्था न्युज

मंसिर १७, २०८० काठमाडौं ।
ललितपुर महानगरपालिकाले शहरभित्रका अपाङ्ग व्यक्तिलाई नगरका सबैभन्दा सुन्दर स्थानहरुको अवलोकन गराएर ३६ औँ अपाङ्गता दिवस मनाएको छ ।
 
महानगरलाई अपाङ्गता मैत्री बनाउन कानूनी तथा व्यवहारीक रुपमा उपलब्ध गराएको अधिकारहरुको कार्यान्वयन गर्न गराउन प्रतिबद्ध रहेको नगरप्रमुख चिरिबाबु श्रेष्ठले बताए । 
 
आज ३६ औँ अपाङ्गता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी आइतबार मनाइएको छ । ललितपुरको पाटन दरबार स्वायर क्षेत्रभित्र आयोजित कार्यक्रममा नगरप्रमुख चिरिबाबु मर्हजनले महानगरले हरेक वर्ष नयाँ कार्यक्रम आयोजना गर्न रुचाउने उल्लेख गरे । 
 
‘ललितपुर महानगर प्रत्येक वर्ष नौलो र नविन कार्यक्रम गर्न रुचाउँछ । यो वर्ष हामीले महानगरभित्र रहेका विश्व सम्पदा सूचीमा सूचिकृत निकै राम्रा सम्पदाहरुको हाम्रा अपाङ्गता भएका साथिहरु र भाईबहिनीलाई आज अवलोकन गराउने उद्देश्य राखेका छौं, नगरप्रमुख चिरिबाबु मर्हजनले भने ।  
 
महानगरले सुन्दरीचोकबाट दृश्याअवलोकन गराउँन सुरु गरेर मूलचोक, गोल्डेन टेम्पल, केशव नारायण चोकलगायत दरबार स्वायर क्षेत्रको भ्रमण दिनभरी गराउने  जनाएको छ ।  
 
कार्यक्रममा नगर उपप्रमुख मञ्जली शाक्य मर्हजनले अपाङ्गता भएका व्यक्तिहरुलाई हरदम महानगरपािलकाले साथ दिने हिसावले कार्ययोजना बनाउन लागेको बताईन् । 
 
शाक्यले अपांगता भएका नागरीकलाई शारिरीक रुपमा सामान्य नागरिक भन्दा केही दुर्वल भएपनि त्यसलाई आफ्नो अक्षमताको रुपमा नलिएर मानसिक रुपमा सवल भएर देखाउन अनुरोध पनि गरिन् ।