Trending :
 

अपाङ्गतासम्बन्धी नीति चाँडै लागू हुन्छः मन्त्री ज्वाला

मंसिर १७,२०८०

-आस्था न्युज

मंसिर १७, २०८० काठमाडौं ।
भौतिक तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालाले, अपाङ्गतासम्बन्धी नीति चाँडै लागू गर्ने प्रतिबद्धता जनाएका छन् । 
 
आइतबार काठमाडौंमा आयोजित ३२औँ अपाङ्गता भएका व्यक्तिहरुको दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
 
उक्त नीति सामाजिक समितिबाट व्यापक छलफल भई पारित भइसकेको जानकारी दिँदै सकेसम्म चाँडै पारित गरी लागू गर्ने प्रतिबद्धता मन्त्री ज्वालाले जनाए ।
 
उनले भने, ‘अपाङ्गता सम्बन्धी नीतिमा थप सुधार गरेर परिपक्व बनाउन सामाजिक समितिमा छलफलको लागि पठाइएको थियो, व्यापक छलफलपछि समितिबाट पारित भइसकेको छ । प्रधानमन्त्रीज्यू आएपछि क्याविनेटको बैठकबाट यो नीति छिटोभन्दा छिटो पारित गर्नुपर्छ भन्ने धारणा बनेको छ । त्यसलाई लागू गर्ने प्रतिबद्धता जनाउँछु ।’
 
उनले दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य भन्ने राष्ट्रिय लक्ष्यमा सरकार नडगमगाउने दाबी गरे ।
 
मन्त्री ज्वालाले अपाङ्गता भएकाहरुको सवालका मुद्दाहरु र अधिकार प्राप्तिका विषयहरु जति सम्बोधन हुनुपर्ने त्यति सम्बोधन नभएको स्वीकार गरे । 
 
उनले भने, ‘अपाङ्गता भएकाहरुको सवालका मुद्दाहरु र अधिकार प्राप्तिका विषयहरु जति सम्बोधन हुनुपर्ने हो त्यति नभएको पनिहुन सक्छ । तर हामीले प्रयत्न गर्दै आइरहेका छौं ।’