Trending :
 

नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रारा विमानस्थलमा ग्राउण्डेड

मंसिर १७,२०८०

-आस्था न्युज

मंसिर १७, २०८० काठमाडौं ।
नेपालगन्जबाट रारा विमान स्थलका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रारा बिमानस्थलमा ग्राउण्डेड भएको छ ।
 
नेपाल एयरलाइन्सको नाइन एनएबीयु कल साइन भएको विमान तीनजना यात्रु र चालक दल सहितको बिहान ११ बजे रारा विमानस्थल पुगेको थियो ।
 
त्यहाँबाट १३ जना यात्रु लिएर नेपालगन्ज उडान गर्न लाग्दा जहाजको ब्याट्रीमा समस्या भएपछि ग्राउण्डेड भएको हो ।
 
जहाजमा समस्या आएपछि तत्कालै तारा एयरलाइन्सको जहाजमा नेपालगन्जबाट इन्जिनियर झिकाएर जहाजको समस्या जाँच गरिउको थियो ।
 
त्यस क्रममा जहाजको ब्याट्रीमा समस्या देखिएकाले नेपालगन्जबाट ब्याट्री झिकाएपछि सोमबार नेपालगन्जका उडान हुने नेपाल एयरलाइन्स रारा विमानस्थलका नेत्र भामले जानकारी दिए ।
 
उक्त एयरलाइन्सबाट नेपालगन्ज जाने १३ जना यात्रुहरु ताल्चाको होटलमा बसेका छन् ।