Trending :
 

इन्डोनेसियाको मारापी हिमालमा विस्फोट हुँदा ११ आरोहीको मृत्यु, १२ बेपत्ता

मंसिर १८,२०८०

-आस्था न्युज

मंसिर १८, २०८० काठमाडौं ।
इन्डोनेसियाको माउण्ट मारापीमा ज्वालामाुखी विष्फोट भएपछि ११ पर्वतारोहीको मृत्यु भएको छ भने ,१२ जना आरोही बेपत्ता भएका छन् । 
 
 स्थानीय अधिकारीहरुका अनुसार आइतबार पश्चिम सुमात्रामा ज्वालामुखी विस्फोट हुँदा ७ हजार ५ सय व्यक्ति यस क्षेत्रमा रहेकोमा २६ जनालाई बाहिर निकालिएको थिएन । 
 
‘त्यहाँ २६ जना छन् जसलाई बाहिर निकालिएको छैन, हामीले तीमध्ये १४ जनालाई फेला पारेका छौं, तीन जीवित र ११ मृत फेला परेका छन्,’ पडाङ खोज र उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भनेका छन् । 
 
सोमबार सोही क्षेत्रमा एक सानो ज्वालामुखी विष्फोट भएपछि उद्धारकर्मीहरूलाईे कार्य कठिनाई भएको र उद्दार कार्य केही समयलाई स्थगित गर्न बाध्य भएको खोज उद्दार एजेन्सीका प्रमुख अब्दुलले बताएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । 
 
माउन्ट मारापी ज्वालामुखीको खतरा रहेको इन्डोनेसियाको चार–चरण चेतावनी दिइएको स्केल क्षेत्रमध्ये दोस्रो चेतावनी स्तरमा रहेको बताइएको छ ।