Trending :
 

नेकपा एसको सचिवालय बैठक जारी

मंसिर १८,२०८०

-आस्था न्युज

मंसिर १८, २०८० काठमाडौं ।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले महाधिवेशनको मिति तय गर्न आजका लागि बोलाएको सचिवालय बैठक सुरु भएको छ । 
 
एसको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको छ । 
 
यसअघि एसले आगामी माघमा महाअधिवेशन गर्ने तय गरेको थियो । सो मितिमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाउन आजका लागि सचिवालय बैठक बोलाइएको हो ।
 
बैठकमा अन्तरपार्टी निर्देशन(अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, र कार्यविभाजन गर्नेदेखि विभिन्न कमिटीमा प्रतिनिधि मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने एस सचिवालयले जनाएको छ ।