Trending :
 

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने महिला पक्राउ

मंसिर १८,२०८०

-आस्था न्युज

मंसिर १८, २०८० काठमाडौं ।
पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८ बस्ने बाराको निजगढकी ४३ वर्षीया सुष्माकुमारी खड्का छिन् । 
 
खड्काले राजु शाहीलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यसको लागि ११ लाख लाग्छ भनेर ७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरी आएको प्रहरीले जनाएको छ ।
 
उनलाई प्रहरीले बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाएको छ ।