Trending :
 

नेकपा एसले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिने

मंसिर १८,२०८०

-आस्था न्युज

मंसिर १८, २०८० काठमाडौं ।
नेकपा एकीकृत समावादीले राष्ट्रिय सभाको आसन्न निर्वाचनमा भाग लिने संकेत गरेको छ । यसका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । 
 
केन्द्रीय सचिवालय बैठकले सोमबार उक्त निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । 
 
उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले  निर्वाचन आयोगमा दल दर्ता गर्छ । बैठकमा यही निर्णय गरेका छौं।’ 
 
यस्तै, पार्टीको राष्ट्रिय महाधिवेशनलगायत अन्य विषयहरुमा मंगलबार ११ बजे पुनः बैठक बसेर निर्णय लिने पनि उनले जानकारी दिएका छन् ।