Trending :
 

नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने

मंसिर १९,२०८०

-आस्था न्युज

मंसिर १९, २०८० काठमाडौं ।
नेकपा एकीकृत समाजवादी (एस) सचिवालय बैठक आज पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्नेछ । 
 
पार्टीको राष्ट्रिय महाधिवेशनको मिति तय गर्न आज बैठक बस्न लागेको  पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 
 
यसअघि सोमबार बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागि हुने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । 
 
आजको बैठकमा अन्तरपार्टी निर्देशनमा नेताहरूको जिम्मेवारी हेरफेर, र कार्यविभाजन गर्नेदेखि विभिन्न कमिटीमा प्रतिनिधि मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने खतिवडाले जानकारी दिए ।