Trending :
 

नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

मंसिर १९,२०८०

-आस्था न्युज

मंसिर १९, २०८० काठमाडौं ।
नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तिमा ८५ सर्वसाधारणको मृत्यु भएको  राज्य सञ्चालित आपतकालीन एजेन्सीले जनाएको छ ।
 
उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणअनुसार अहिलेसम्म ८५ वटा शव प्राप्त भएको छ भने, अन्य हराइरहेका मानिसको खोजी जारी रहेको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा मङ्गलबार उल्लेख गरेको छ ।
 
यता सेनाले भने असाबधानीले ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिस पीडित भएको बताएको छ । यद्पि सेनाले कुनै हताहतीको तथ्याङ्क दिएको छैन । तर त्यहाँका बासिन्दाले भने ८५ जना मारिएको दाबी गरेका छन् ।