Trending :
 

मौसमः मिचाउङ सामुद्रिक आँधीको प्रभावले हल्का हिमपातको सम्भावना

मंसिर २०,२०८०

-आस्था न्युज

मंसिर २०, २०८० काठमाडौं 
हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको छ ।
 
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश साथै देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । 
 
दिउँसो कोसी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
राती भने कोसी, मधेश ,बागमती  र गण्डकी  प्रदेशमा आंशिक  देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । 
 
कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।