Trending :
 

एनसेलको शेयर खरिद-ब्रिकीमा अनियमित भएको भन्दै रास्वपाको ध्यानाकर्षण

मंसिर २०,२०८०

-आस्था न्युज

मंसिर २०, २०८० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एनसेलको शेयर खरिद ब्रिकीमा अनियमित भएको भन्दै निष्पक्ष छानबिनको माग गरेको छ । 
 
बुधबार सिंहदरबारमा बसेको संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा रास्वपाका सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीमा अनियमितता भएको भन्दै गम्भिर ध्यानाकर्षण गराएका हुन् । 
 
कार्यक्रममा बोल्दै रास्वपा सांसद विराजभक्त क्षेष्ठले भने ‘ एनसेल प्रकरणले देशमा कुन चरणको भ्रष्टाचार छ भन्ने कुरा देखाइदिएको छ । एजियाटा कम्पनिले जुन खालको नेपालको बारेमा अभिव्यक्ति दिनुभएको छ त्यसले भोली नेपालका लगानीको वातावरण कसरी बन्छ ?’
 
एउटा कम्पनीको एक जना व्याक्तिले देशमा लगानीको वातारवण छैन भनेको भन्दै यसको जिम्मेवारी कसले लिन्छ भन्दै प्रश्न समेत गरेका छन् । 
 
रास्वपाले बुझाएको ध्यानाकर्षणपत्रमा याक्जियटाका प्रमुख कार्यकारी, एनसेलका नेपाली मूलका साझेदारी, अर्थमन्त्री, सञ्चारमन्त्री, लगानी बोर्डका प्रमुख कार्यकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका समितिमा बोलाइ सोधपुछ गर्न माग गरिएको छ ।