Trending :
 

कास्कीमा डेढ किलो गाँजासहित २ जना पक्राउ

मंसिर २०,२०८०

-आस्था न्युज

मंसिर २०, २०८० काठमाडौं ।
कास्कीमा अवैध लागूऔषध डेढ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । 
 
जिल्लाको पोखरा महानगरपालिका-१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका-१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 
महानगरपालिका-१४ नयाँपुलबाट एक जनाको साइकल खोसी लगेको भन्ने गोप्य सूचनाको आधार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उक्त साइकल र  पूर्ण तामाङको कोठाबाट उक्त मात्रामा गाँजा गरी दुवै जनालाई नियन्त्रणमा नियन्त्रणमा लिएको हो ।
 
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।