Trending :
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मंसिर २१,२०८०

-आस्था न्युज

मंसिर २१, २०८० काठमाडौं ।
आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । 
 
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा कायम भएको छ । 
 
युरो एकको खरिद दर १४३ रुपैयाँ ४९ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा रहेको छ । 
 
त्यसैगरि, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसा रहेको छ । 
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।