Trending :
 

बीआरआई परियोजनाबाट बाहिरियो इटाली

मंसिर २१,२०८०

-आस्था न्युज

मंसिर २१, २०८० काठमाडौं ।
इटालीले आधिकारिक रूपमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना छोडेको छ । 
 
इटाली पहिलो पटक २०१९ मा यस परियोजनामा सामेल भएको थियो । यो परियोजना मार्च २०२४ मा सकिँदै थियो । इटालीले यस अवधिभन्दा तीन महिनाअघि चीनलाई सूचना दिएको थियो ।
 
रोयटर्सका अनुसार एक चीनलाई पठाएको पत्रमा इटालीले बीआरआई सम्झौता नवीकरण नगर्ने उल्लेख छ ।
 
चीनका राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा महत्वाकाँक्षी योजनाको रुपमा बीआरआई घोषणा गरेका थिए ।
 
चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईलाई नयाँ सिल्क रुट पनि भनिन्छ । यो धेरै देशको कनेक्टिभिटी प्रोजेक्ट हो । बीआरआई अन्तर्गत एसिया, युरोप र अफ्रिकाका ७० देशलाई रेल, सडक र समुद्रबाट जोड्ने योजना छ ।
 
इटालीले आफ्नो अर्थतन्त्र र राम्रो पूर्वाधारको विकासका लागि बाह्य लगानीको कडा आवश्यकता महसुस गरिरहेको बेला चीनको बीआरआई परियोजनामा सामेल भएको थियो । अन्य युरोपेली देशहरू जस्तै इटालीले पनि पछिल्लो दशकमा तीनवटा मन्दीको सामना गरेको थियो।
 
युरोपियन युनियनसँग इटालीको सम्बन्ध राम्रो थिएन । यस्तो अवस्थामा वैदेशिक लगानीबाट देशको अर्थतन्त्रलाई टेवा दिन इटालीको झुकाव चीनतर्फ बढेको हो । 
 
४ वर्षपछि इटाली सरकार चीनसँगको सम्झौताबाट पछि हटेको हो ।