इन्टरपोलबाट फर्किए आईजीपी कुँवर
-आस्था न्युज
मंसिर २१, २०८० काठमाडौं ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९१ औं महासभामा सहभागी भई बिहीबार स्वदेश फिर्ता भएका छन् ।
मंसिर १२ देखि १५ गतेसम्म संचालन भएको महासभामा सहभागी भई आईजीपी कुँवर र इन्टरपाले शाखाका प्रमुख प्रहरी उपरीक्षक अनसपम शमशेर जबरासहितको टोली स्वदेश फर्किएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत स्वदेश फिर्ता भएका छन् ।
उक्त टोलीलाई प्रहरी अतिक्ति महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा स्वागत गरेका थिए ।
महासभामा प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका प्रिसिडेन्ट र जेनेरल सेक्रेटरीबिच भेटवार्ता भएको थियो ।
त्यसैगरि इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी भएको उक्त महासभामा इन्टरपोलका महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा सहभागिता जनाएको थियो ।
यसै गरी इन्टरपोलको ग्लोबल आउटरिच एन्ड रिजनल सर्पोटका प्रतिनिधिहरू तथा मित्रराष्ट्रहरू भारत, चीन र युएईका प्रतिनिधिहरूसँग समेत विविध विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम छ ।
साथै महासभामा इन्टरपोलद्धारा आयोजित ’इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ्ग पोलिस लिडर्स’ प्रतियोगितामा ’ लेट्स सेव त प्लानेट–इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियोमा सर्वोत्कृष्ट घोषित भएका थिए ।