Trending :
 

बेलायतमा पोर्न वेवसाइट हेर्न अनुहार स्क्यानिङ अनिवार्य

मंसिर २१,२०८०

-आस्था न्युज

मंसिर २१, २०८० काठमाडौं ।
बेलायतको मिडिया एण्ड कम्युनिकेसन रेगुलेटरी अथोरिटी अफकमले पोर्न वेबसाइट हेर्नेहरुका लागि ६ नयाँ र कडा नियम बनाएको छ ।
 
१८ वर्ष मुनिका व्यक्तिले त्यस्ता वेबसाइट ‘लगअन’ नगरुन भनेर यस्तो नयाँ नियम ल्याइएको बेलायतका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 
 
नयाँ नियमहरू मध्ये प्रयोगकर्ताले वेबसाइट खोल्नु अघि अनुहार स्क्यानिङ सेल्फी लिनुपर्नेछ । तर, साइबर विज्ञहरुले सरकारको यो कदम गलत भएको भन्दै आलोचना गरिरहेका छन् । 
 
यसबाट फाइदा कम र नोक्सान बढी हुने उनीहरुको भनाइ छ । विञका अनुसार पोर्न वेबसाइटहरूले प्रयोगकर्ताको डाटाको दुरुपयोग गर्ने गर्छन्, विगतमा पनि यस्तै गर्दै आएका छन् ।
 
अफकमले मंगलबार जारी गरेको विज्ञप्तिमा नयाँ नियमबारे जानकारी दिइएको हो । नयाँ नियम अनलाइन सुरक्षा ऐन अन्तर्गत बनाइएको छ । यसमा केही महत्वपूर्ण कुराहरू छन । 
 
उदाहरणका लागि अब पोर्नोग्राफिक वेबसाइटसँगै प्रयोगकर्ताको जिम्मेवारी पनि तोकिएको छ । 
 
प्रयोगकर्ताले १८ वर्ष वा सोभन्दा बढी उमेर भएको प्रमाणित गरेपछि मात्र वेबसाइट खोल्ने अनुमति प्राप्त गर्न सक्नेछन् ।
 
यसका लागि फोटो आईडी मिलाउन आवश्यक हुनेछ । जारी गरिएको ऐनको मस्यौदा अनुसार बालबालिकालाई पोर्नोग्राफीको जालबाट बचाउनु यस अभ्यासको उद्देश्य रहेको छ । 
 
यदि प्रयोगकर्ताले फोटो आईडी मिलाउन कागजातको रूपमा राहदानी अपलोड गर्दछ भने, अनुहार स्क्यानिंग सेल्फी मार्फत उनको उमेर जाँच गरिनेछ । प्रयोगकर्ता वास्तवमा एउटै व्यक्ति हो वा कसैले कागजातको दुरुपयोग गरिरहेको छ कि छैन भनेर पनि निर्णय गरिनेछ ।
 
वेबसाइटहरूले तिनीहरूको प्रविधि सही, सुरक्षित र भरपर्दो छ र यसले प्रयोगकर्ताको वास्तविक उमेर र पहिचान निर्धारण गर्न सक्छ भनी प्रमाणित गर्नुपर्छ ।
 
वेबसाइटहरूले तिनीहरूको प्रविधि सही, सुरक्षित र भरपर्दो छ र यसले प्रयोगकर्ताको वास्तविक उमेर र पहिचान निर्धारण गर्न सक्छ भनी प्रमाणित गर्नुपर्छ ।
 
अफकमका प्रमुख कार्यकारी मेलानिया डावेसले अहिलेसम्म पोर्नोग्राफी वेबसाइटहरू पहुँच गर्न धेरै सजिलो रहेको र यसलाई परिवर्तन गर्ने निर्णय गरिएको बताइन् ।