Trending :
 

सुदूरपश्चिम महोत्सवका लागि प्रधानमन्त्री प्रचण्ड धनगढी जाँदै

मंसिर २२,२०८०

-आस्था न्युज

मंसिर २२, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी जादैछन् । 
 
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आमजदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आज धनगढी जान लागेका हुन् । 
 
कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव आज सुरु हुन लागेको छ । 
 
अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । 
 
महोत्सवको शुक्रबार दिउँसो साढे १२ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल आज साँझ काठमाडौं फर्किने छन् ।