Trending :
 

इजरायलका मन्त्रीका छोरा गाजा युद्धमा मारिए

मंसिर २२,२०८०

-आस्था न्युज

मंसिर २२, २०८० काठमाडौं ।
इजरायल-गाजा क्षेत्रमा जारी युद्धमा इजरायलका एक मन्त्रीका छोरा मारिएका छन् । 
 
पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा २५ वर्षीय मेजर गल आइसेनकोटको गाजा युद्धमा मारिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 
 
मेजर आइसेनकोट सुरुङको शाफ्ट विस्फोटबाट गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । 
 
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइसेनकोट ‘सच्चा नायक’ भएको भन्दै उनको मृत्युले आफू र उनकी श्रीमतीको मन टुटेको बताएका छन् । 
 
‘हाम्रा नायकहरू व्यर्थमा मरेका छैनन् । हामी विजयी नभएसम्म लडाइँ जारी राख्नेछौं’, प्रधानमन्त्री नेतान्याहुले भने ।
 
६३ वर्षीय गाडी आइसेनकोट, सन् २०१५-१९ सम्म इजरायलको चीफ अफ द जनरल स्टाफको रूपमा सेवा गरेका लडाइँमा खटिएका सेवानिवृत्त जनरल हुन् । 
 
राष्ट्रिय एकता पार्टीका एक सांसद, उनी ७ अक्टोबरमा हमासले इजरायलमा हमला गरेपछि स्थापित नेतन्याहूको आपतकालीन सरकारको वर्तमान सदस्य बनेका थिए । 
 
इजरायलले गाजामा हवाइ बमबारी र भूमि आक्रमण सुरु गरेको जारी राखेको छ ।  जसमा अहिलेसम्म १७,००० भन्दा बढी मानिसको मृत्यु नभएको जनाइएको । मारिनेमा अधिका सर्वसाधारण नागरिक छन् । आक्रमणपछि हजारौं मानिस भग्नावशेषमा वेपत्ता भएका छन् । एजेन्सी