कोपा अमेरिका २०२४ को खेल तालिका ‘ड्र’ सार्वजनिक
-आस्था न्युज
मंसिर २२, २०८० काठमाडौं ।
सन् २०२४ को जुनमा हुने कोपा अमेरिका २०२४ को खेल तालिका ‘ड्र’ सार्वजनिक भएको छ ।
अमेरिकामा आयोजना हुने उक्त प्रतियोगितामा उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरु सहभागि हुने छन् ।
प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० र उत्तर र तथा मध्य अमेरिकी क्षेत्रबाट ६ गरी कूल १६ राष्ट्रले सहभागिता जनाउने छन् । सहभागिता जनाउनेछन्।
उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३–२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका हुन् भने बाँकी दुई टिमको टुंगो प्लेअफबाट लाग्ने बताइएको छ ।
शुक्रवार बिहान सार्वजनिक ड्र अनुसार साविक विजेता तथा विश्व विजेता अर्जेन्टिना समूह ‘ए’ मा रहेको छ। यस समूहमा पेरु र चिली पनि छन् । कोनकाकाफ क्षेत्रको एक टिम यो समूहमा पर्नेछन् ।
यस्तै समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन् । समूह ‘सी’ मा आयोजक अमेरिका सहित उरुग्वे, पानामा र बोलिभिया छन् ।
समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पाराग्वे छन्। यस समूहमा पनि कोनकाकाफ क्षेत्रको एक टिम हुनेछ ।