शान्ती समाजले नागरिक संवाद गर्ने
-आस्था न्युज
मंसिर २२, २०८० काठमाडौं ।
मानव अधिकार तथा शान्ति समाजले ७५ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा नागरिक संवाद कार्यक्रमको आयोजना गर्ने भएको छ ।
‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’ शिर्षकको अवधारणापत्र जारी गर्न आयोजना गरिएको कार्यक्रम मंसिर २४ गत नेपाल बार एशोसियसनको सभाकक्षमा हुने मानव अधिकार तथा शान्ति समाज सभापति रामकृष्ण बरालले जानकारी दिए ।
लोकतन्त्र रक्षार्थ केन्द्रीत रहि शान्ति समाजले शुरु गरेको देशव्यापी अभियानका क्रममा २०८० मंसिर १६ देखि २० सम्म ९ जिल्लामा सम्पन्न नागरिक संवाद कार्यक्रममा सर्वसम्मतिबाट जारी गरिएका ९ वटा नागरिक संकल्प र नागरिक आवाजको सार समेत जारी भएको छ ।
उक्त संवाद कार्यक्रममा नागरिक संकल्प र नागरिक आवाजको सार प्रस्तुत गरिने सभापति बरालले जानकारी दिए ।