Trending :
 

‘सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३’ पुस ७ गते काठमाडौंमा

मंसिर २२,२०८०

-आस्था न्युज

मंसिर २२, २०८० काठमाडौं ।
देशकै सबैभन्दा ठूलो स्टार्टअप अभियान ‘सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३’ आगामी पुस ७ गते काठमाडौंमा हुने भएको छ । 
 
शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघ अन्तरगतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुस ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट ‘सीएनआईवाईइएफ’ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्न लागेको सीएनआईवाईइएफ स्टार्टअपका अध्यक्ष अनुराग गोयलले जानकारी दिए । 
 
उनले भने, नेपाल उद्योग परिसंघ अन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुस ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्न लागेको छ । नेपाल सरकार, उद्योग, राष्ट्रिय वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्न लागेका छौं ।’
 
उनले नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नवीन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने, उद्देश्यले नेपाल स्टार्टअप फेष्ट आयोजना गर्न लागिएको बताए ।
 
उनले भने, ‘नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नवीन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवध्र्दन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेष्टआयोजना गर्न लागिएको हो । 
 
स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहँदै आएको छ । नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन उनीहरुलाई लगानी जुटाएर प्रोत्साहन गरिनेछ । स्टार्टअप फेष्ट नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवाला बीच गहन छलफल हुनेछ ।’
 
सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ मा दुई सय ५० भन्दा बढी स्टार्टअपले लगानीका लागि परियोजना सहित प्रस्ताव पेस गरेका आयोजकले जनाएको छ । 
 
आयोजकका अनुसार त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप्सलाई फेष्टमा प्रस्तुतिकरणको अवसर प्रदान गरिने छ । सो प्रस्तुतिकरणको आधारमा लगानीकर्ता कम्पनीहरुले लगानीको प्रतिबद्धतासहित आसयपत्रमा हस्ताक्षर गर्नेछन् ।